कोरोनाको कहरबाट यी ५ देशले गर्दैछन् अर्थतन्त्रमा छिटो ‘बाउन्स ब्याक’



यतिबेला विश्व कोरोनाको महामारीसँग जुधिरहेको छ । विश्वका एकतिहाइ जनसंख्या लकडाउनमा हुँदा अर्थतन्त्र ठप्पजस्तै भएको छ । जसले गर्दा विश्वमा गरिबी आगामी दिनमा अझ धेरै बढ्ने र अर्थतन्त्रमा समस्या सिर्जना हुने विज्ञहरुको प्रक्षेपण गरिसकेका छन् ।

कोरोनाको महामारीको कहरबाट पछाडि धलेकिएको अर्थतन्त्र कसरी बाउन्स ब्याक होला भन्नेमा धेरैको चिन्ता व्यक्त गरेका छन् । सन् १९३० र सन् २००८ मा भएको आर्थिक मन्दीले ध्वस्त भएको अर्थतन्त्र उकास्नका लागि लामो समय लागेको थियो ।

त्यसैले यसपटक कसरी अर्थतन्त्र फेरि आफ्नै बाटोमा आफ्नै गतीमा चल्ला भन्ने चिन्ता थपिएको छ । यस लेखमा कुन देशले सबैभन्दा छिटो अर्थतन्त्रमा बाउन्स ब्याक गर्ला भन्ने विश्लेषण गर्ने प्रयास गरिएको छ ।

जसको आधार सन् २०१९ मा प्रकाशित ग्लोवल रेसिलेन्स इन्डेक्सलाई मानिएको छ । जसमा विश्वका १३० देशमा भएको राजनीतिक स्थायित्व, कर्पोरेट गभर्नेन्स, रिस्क इन्भारोमेन्ट र लोजिस्टिकको सप्लाइ चेन र पारदर्शितालाई आधार मानिएको छ ।

यी माथि उल्लेख आधार र अहिले कोरोना भाइरसको विरुद्ध लड्नका लागि ती देशका सरकारले गरेको रेस्पोन्सका आधारमा विश्लेषण गरिएको छ । साथै यसका लागि विज्ञहरुसँगको कुराकानी पनि गरिएको छ ।

डेनमार्क

उक्त इन्डेक्समा दोस्रो नम्बरमा रहेको डेनमार्क सप्लाइ चेनमा सबैभन्दा अगाडि छ । साथै त्यहाँ भ्रष्टाचार पनि कम भएको छ । साथै त्यहाँको सरकारले कोरोना भाइरसको संक्रमण देखिने वित्तिकै सोलस डिस्ट्यान्सिङ लागू गरिसकेको थियो भने विद्यालय पनि बन्द गरेको थियो । साथै अत्यावश्यक बाहेकका सेवाहरु पनि बन्द गरेको थियो । साथै अन्तर्राष्ट्रिय सीमा बन्द गर्नुका साथै एउटा मात्रै केस देखिँदा प्रभावकारी कदम चालिसकेको थियो ।

सिंगापुर

यो इन्डेक्समा सिंगापुर सबैभन्दा अगाडि छ । बलियो अर्थतन्त्र, लो पोलिटिकल रिस्क, बलियो पूर्वाधारको विकास र कम भ्रष्टाचार हुने मुलुकमा पर्ने सिंगापुरले कोरोना भाइरस विरुद्ध लड्नका लागि गरेको काम निकै राम्रो छ । महामारीलाई फैलिन नदिन उसले चालेका कदमहरु निकै सराहनीय छन् । भने त्यहाँका जनताले सरकारले पनि उत्तिकै विश्वास गरेका छन् । कोरोनाविरुद्धको लडाइ सकिएपछि विकासका लागि जनता र सरकार एकजुट भएर लाग्ने निश्चित देखिएको छ ।

अमेरिका

अमेरिकामा कोरोना भाइरसका संक्रमितहरु सबैभन्दा धेरै छन् । केही क्षेत्रहरु नराम्रोसँग प्रभावित भएका छन् । तर यहाँको लो रिस्क विजनेस इनभारेमेन्ट र बलियो सप्लाइ प्रणाली छ । तर यहाँ अर्थतन्त्रको बलियो प्रणाली भएकाले अमेरिकाले पनि कोरोनापछि सबैभन्दा छिटो आर्थिक प्रगतिमा बाउन्स ब्याक गर्छ भन्न सकिन्छ । त्यहाँको राष्ट्रपतीय प्रशासनले कोरोनाबाट बढी प्रभावित र कम प्रभावित क्षेत्रलाई विभाजन गरी आर्थिक गतिविधि जारी नैराखेको छ । साथै पैसा, सामान, सेवा, श्रम र आइडिया बलियो भएकाले आन्तरिक मात्रै होइन अन्तर्राष्ट्रिय स्तरमै पनि अमेरिकाको स्थान बलियो हुने अनुमान गरिएको छ ।

रुवान्डा

रुवान्डाले कोरोना भाइरसविरुद्धको लडाइलाई नियन्त्रणमै राख्न सफल छ । साथै त्यहाँ रहेको राम्रो कर्पोरेट गभर्नेन्सले गत वर्ष इन्डेक्समा राम्रो प्रगति देखिएको थियो । ३५ स्थान माथि उक्लदै ७७औं नम्बरमा आइपुगेको थियो । साथै अफ्रिकामा ४औं स्थानमा उक्लिएको थियो । देशले विगतमा पनि इबोलासँग लडेर आएको र क्राइसिस म्यानेजमेन्ट गर्न सक्षम भएकाले अर्थतन्त्रमा पनि बाउन्स ब्याक गर्ने सम्भावना बढी देखिएको छ । त्यहाँ ड्रोनबाट मेडिकल सप्लाइ गरिरहेको र उक्त क्षेत्रका अन्य देशको तुलनामा राम्रो सेवा प्रवाह भएकाले पनि रवान्डाले बाउन्स ब्याक गर्ने सम्भावना अध्यधिक छ ।

त्यहाँ अध्ययन गरिरहेको विदेशी विद्यार्थीहरु पनि त्यहाँको सरकारप्रति भरोसा राख्छन् । ती विद्यार्थीहरुलाई आफू सुरक्षित रहे पनि आफ्नो देशका रहेका परिवारको सुरक्षालाई लिएर चिन्ता व्यक्त गर्छन् । सरकारप्रतिको विश्वास र सरकारको राम्रो व्यवस्थापनले उक्त प्रक्षेपण गरिएको हो ।

न्यूजिल्याण्ड

इन्डेक्समा १२औं स्थानमा रहेको न्यूजिल्याण्ड कर्पोरेट गभर्नेन्स र सप्लाइ चेनमा असाध्यै राम्रो छ । साथै न्यूजिल्याडले कोरोना भाइरस फैलन नदिन गरेको प्रयास पनि उल्लेखनीय छ । १९ मार्चमा बोर्डर बन्द गरेको र २५ मार्चदेखि लकडाउन लागेको यस देशमा भविष्यमा अर्थतन्त्रको पर्यटन क्षेत्रमा केही समस्या देखिए पनि समस्या समाधान हुने अनुमान गरिएको छ । साथै यहाँको अर्थतन्त्र राम्रो अवस्थामा भएकाले बाउन्स ब्याक हुने सम्भावना पनि उत्तिकै छ ।


पुष्प दुलाल