यस्तो रह्यो २०७६ मा सेयर बजार



काठमाडौं । सेयर बजारको लागि २०७६ सेयर बजारमा निकै उतार चढावको समय रहयो ।

यो वर्षको सुरुवातादेखि नै सेयर बजारमा निकै निरास भएपनि अन्तिम समयमा आएर केही खुसी देला कि भन्ने अपेक्षा रहेको थियो । तर त्यो पनि केवल अपेक्षामा मात्रै सिमित बनेको छ ।

यो वर्षको अन्तिम समयमा कोरोनाका कारण सरकारले लागु गरेको लकडाउनको असर पनि देखियो । चैत महिनामा त झण्डै एक साताको हाराहारीमा मात्रै सेयर कारोबार भयो ।

यो वर्षको समग्र कारोबारलाई हेर्दा बैंकिङ समूहको उपसूचकमा ३५.२६ अंकको गिरावट देखिएको छ । २०७६ वैशाख २ गते १०५८ बिन्दुमा रहेको बैंकिङ समूहको उपसूचक चैत ९ गतेसम्म आइपुग्दा १०९३.२६ बिन्दुमा रोकिएको छ । त्यसयता कोरोनाका कारण सेयर बजार बन्द नै रहेको छ ।

यस्तै होटल समूहको उपसूचकमा पनि १८७.५५ अंकले घटेको छ । यो वर्षको सुरुमा १७५१.०१ बिन्दुमा रहेको उपसूचक अन्तिम समयमा १५६३.४६ बिन्दुमा बजार बन्द भएको छ ।

यस्तै यो वर्ष जलविद्यूत समूहको उपसूचक पनि २००.३६ अंकले घटेर वर्षको अन्तिम कारोबारमा ९३३.०६ बिन्दुमा रोकिएको छ । यो वर्षको सुरुमा जलविद्युत समूहको उपसूचक ११३३.४२ बिन्दुमा रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार डेभलपमेन्ट बैंक समूहको उपसूचकमा भने सुधार देखिएको छ । यो वर्षको सुरुमा १४८३.८३ बिन्दुमा रहेकोमा अन्तिम कारोबार अवधिमा २२७.१९ अंकले बढेर १७११.०२ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

उत्पादन तथा प्रशोधन समूहको उपसूचकमा पनि निकै सुधार देखिएको छ । यो वर्ष वर्षको सुरुमा १९९२.०९ बिन्दुमा रहेको उपसूचक ४६७.२३ अंकले बढेर २४५९.३२ बिन्दुमा रोकिएको छ ।

नेप्सेका अनुसार माइक्रोफाइनान्स समूहको उपसूचकमा पनि निकै सुधार देखिएको छ । १४३७.६० बिन्दुबाट ६१२.७ अंकले बढेर २०५०.३० बिन्दुमा पुगेको छ ।

सेयर कारोबारमा धेरै उतार चढाव हुनेमा जीवन र निर्जीबन बीमा समूह पनि हो । यो वर्षको कारोबारमा यी दुवै समूहको उपसूचकमा पनि निकै उतार चढाव देखिएको छ ।

जीवन बीमा समूहको उपसूचक ५९८०.२८ बाट ८१६.९३ अंले बढेर ६७९७.२१ बिन्दुमा रोकिएको छ भने निर्जीबन बीमा समूहको उपसूचकमा १७०.९१ अंघले घटेर ५२७१.७६ बिन्दुमा आएको छ । वर्षको सूरुमा ५४४२.६७ बिन्दुमा रहेको थियो ।

नेप्सेका अनुसार वित्त समूहको उपसूचक ६१६.१२ बिन्दुबाट ६३६.१३ बिन्दुमा पुगेको छ भने ट्रेडिङ २४७.६० बाट बढेर ७६३.७३ बिन्दुमा रोकिएको छ । यता अन्य समूहको उपसूचक ७००.४२ बिन्दुबाट घटेर ६७९.९४ बिन्दुमा रोकिएको छ ।


पुष्प दुलाल