संकटको घडीमा गाउँ नफर्किनुहोस, समस्यामा परेकालाई सहयोग गर्छौः मेयर शाक्य



 

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले नगरवासीहरुलाई लकडाउनको समयमा काठमाडौंबाट गाउँघर नफर्किन आग्रह गरेका छन् ।
काठमाडौंमा रहेका मानिसहरु गाँउघर फर्किन थालेको भन्दै यो संकटको घडीमा गाउँ नफर्किन आग्रह गरेका छन् ।

‘केही नगरवासीहरु लकडाउनको समयमा काठमाडौंबाट गाउँघर फर्किन थालेका समाचारहरु सुनिनमा आएका छन् । यो संकटको घडीमा सहर छाडेर नगइदिनुहुन र यहाँ बस्दा कुनै पनि प्रकारको समस्या आएको भए आफू बसेको सम्बन्धित वडा कार्यालय वा काठमाडौं महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा सम्पर्क गर्न समेत आग्रह गरेका छन् । उनले नयाँ वर्षको शुुभकामना दिँदै यस्तो आग्रह गरेका हुन ।

महानगपालिकाले महानगवासीको लागि प्रयोगमा ल्याएको कोभिड–१९ संक्रमण बारे स्वमुल्याकंन गर्न सकिने नेपाल कोभिड–१९ सर्भिलेन्स डाउनलोड गरी प्रयोग गर्न आग्रह गरेका छन् । बिबरामीको अस्पताल लैजान समस्या भएमा महानगरपालिकाको सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

‘यस महामारी विरुद्ध लड्न हामी सबैलाई साहस र हौसला प्राप्त होस भन्ने कामना व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ ‘उहाँले अहिले विश्वभरी नै कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न सबै जना आ–आफ्नै घरमा लकडाउनको अवस्थामा रहेको स्मरण गराउँदै नयाँ वर्षलाई धुमधामसँग नमनाउन आग्रह गर्दछु ।’


क्लिकमान्डु