औषधिको उत्पादनमा आत्मनिर्भर बनौं, सरकारले सहयोग गर्छः मन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्रालयमा देउराली जनता फर्मास्यूटिकल्सका तर्फबाट प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सीक्लोरोक्वाइन सल्फेट ट्याब्लेट बुझ्दै मन्त्री ढकालले भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिहरूमा आत्मनिर्भर हुन सकियोस भन्नेर कामगर्नुपर्ने बताएका हुन ।

मन्त्री ढकालले सम्पूर्ण औषधिव्य वसायीहरूले आफ्नो उत्पादन बढाउनु पर्ने भन्दै त्यसका लागि आवश्यक वतावरण तयार गर्नका लागि सरकारले सहयोग गर्ने बताए । उनले भने ‘औषधिहरू पर्याप्त उत्पादनगर्नुस, उत्पादनगर्ने कुरामा कठिनाइ छन भने ती कठिनाइ हटाउनका लागि सरकार तपाइँहरूको साथमा हुन्छ ।’

‘तपाइँहरू जस्तै व्यवसायीजो यो क्षेत्रमा लाग्नु भएको छ राज्यले उहाँहरूको संरक्षण गर्ने विकास गर्न सहयोग पुर्याउने र परनिर्भरताको यो विषयबाट माथि उठ्ने यो योजनाका साथी लाग्छौँ ।’ उनले भने ‘अफ्ठेरोमा सहयोग गर्नुभएको छ योप्रति त आभार नै छ । भोलिको दिनहरूका लागि पनि औषधि उत्पादन बढाउनेगरी लाग्नुस सरकार पूर्ण रूपमा तपाईहरूको साथमा हुन्छ ।’

उनले सबै मन्छेहरूको परीक्षा अफ्ठेरोमाहुने भन्दै सजिलो बेलामाबोक्ने र सहयोग गर्नेहरू धेरै पाइने भएपनि अफ्ठेरो बेलामा राज्यको ठाउँमा हामीपनि साथै छौँ भन्ने मान्छेहरू थोरै पाइने बताए ।

समारोहमा देउराली जनता फर्मास्यूटिकल्सका कार्यकरी निर्देशक हरिभक्तशर्माले आफू सधैँ सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । उनले उद्योगका तर्फबाट आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए । उनले कोरोनाको विपद् सुरू भएलगत्तै पनि विभिन्न सहयोग गरेको बताउँदै सरकारसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।


क्लिकमान्डु