हिमालय एयरलाइन्सद्वारा कोरोना कोषमा १ करोड सहयोग



काठमाडौं । हिमालय एयरलाइन्सले सरकारले स्थापना गरेको कोरोना कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

आइतबार एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले १ कडोर रुपैयाँको चेक पर्यटनमन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरे ।

‘कोरोना भाइरससँग लड्नका लागि सरकारलाई सहयोग होस भन्मे उद्देश्यले कम्पनीका तर्फबाट १ करोड रुपैयाँ सहयोग गरिएको हो,’ उनले भने ।

सरकारले स्थापना गरेको कोषमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।


क्लिकमान्डु