टेलिकमका २० हजार नयाँ सीम लिनेको खोजी



काठमाडौं । सरकारले लकडाउनपछि टेलिकमका २० हजार नयाँ सीम लिनेको खोजी कार्य शुरु गरेको छ । सम्भावित बिरामीको पहिचान गर्न यही चैत २६ गतेदेखि कल सेन्टर स्थापना गरिएको थियो ।

नेपाल टेलिकमले उपलब्ध गराएको २० हजार नयाँ सीम पहिचान गरी उनीहरुलाई सम्पर्क गरिएको र पहिचान गर्ने काम भइरहेको छ । हालसम्म एक हजार ७५६ जनलाई कल सेन्टरले सम्पर्क गरेको छ ।

हालसम्म सम्पर्कमा आएका सम्भावित कोभिड १९ सक्रमणका लक्षण भएका व्यत्तिलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको छ ।

सो कल सेन्टर समेत नेपाली सेनाको छाउनीमा स्थापना गरिएको छ । सम्पर्क गरिएका व्यक्ति स्वास्थ्य संस्थामा गए नगएको समेत अनुगमन गरिएको छ । यस्तै विभिन्न स्रोतबाट तथ्यांक संकलन गरी जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यक कारवाहीको लागि सिसिएमसी अन्तर्गतका अन्य कार्य समूहलाई उपलब्ध गराइएको छ । यस्तै कोभिड १९ मोबाइल एपमार्फत पनि एकीकृत रुपमा सूचना संकलन भइरहेको छ ।

यस्तै प्रदेश , जिल्ला र स्थानीय तहलाई पिपिईको प्रयोग सम्बन्धी कार्यविधि, क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, बिरामी ल्याउने कार्यविधि, कोभिड १९ का बिरामी ल्याउने एम्बुलेन्स तथा शव बाहन सम्बन्त्री कार्यविधि, एम्बुलेन्स प्रयोग गरेर ल्याउने बिरामीको अवस्था सम्बन्धी कार्यविधि , फिबर क्लिनिक, द्रूत नमूना परिक्षण सबमन्धी कार्यविधि समेत तयार गरी लागू गरिएको छ ।


क्लिकमान्डु