वीरगञ्जमा ३ जना भारतीयमा देखियो कोरोनाको संक्रमण, संक्रमितको संख्या १२ पुग्यो



काठमाडौं । वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्यासँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ पुगेको छ ।

उनीहरु केही दिनअघि मात्रै भारतबाट नेपाल आएका थिए । तीन जनामध्ये एक जना दिल्ली र २ जना उत्तर प्रदेशबाट आएका थिए ।

उनीहरुलाई अहिले वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरु वीरगञ्ज छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका थिए । उनीहरुले त्यहीबाट नमूना परीक्षण गरिएको हो ।

उनीहरुबाट लिइएको नमूना हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा रहेको प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पनि पोजेटिभ देखिएको थियो ।

नेपालमा हालसम्म १ जना उपचारपछि निको भइसकेका छन् भने बाँकीहरुको उपचार भइरहेको छ ।


क्लिकमान्डु