ग्यापु डटकमद्वारा तरकारी, फलफूल घरैमा डेलिभरी: सेनिटाइजरको १० रुपैयाँ मात्रै



काठमाडौं । ग्यापु अनलाइन सपिङले तरकारी र फलफूलको घरैमा डेलिभरी गर्ने गर्ने भएको छ । ग्यापुले उपत्यकाभरी डेलिभरी गरेको संस्थापक ज्ञानेन्द्र खड्काको दाबी छ । ग्यापुले थानकोटदेखि बनेपासम्म र बुढानिलकण्ठ देखि भैंसेपाटीसम्म सेवा दिइरहेको खड्काले बताए ।

अहिले सबैभन्दा धेरै माग इन्डक्सन चुलो, तरकारी र फलफूलको रहेको उनको भनाई छ । स्वास्थ्य सावधानी अपनाउदै कर्मचारीले सेनिटाइजर र पिपिइ प्रयोग गरि काम गर्ने खड्काले बताए ।

ग्राहकले आफुलाई आवश्यक सामान ग्यापु डटकम बाट सोझै अर्डर गर्न सक्छ्न । सहजताका लागि फेसबुक पेजमा च्याट मार्फत र ९८०१८५५५४९ मा फोन वा ह्वट्सएप गरेर समेत अर्डर गर्न सकिने बताइएको छ ।

अर्डर गरेपछी २४ घन्टा भित्र घरैमा डेलिभरी गर्ने कम्पनीले बताएको छ । उपभोक्ताले हजार रुपैयाँ भन्दा बढिको सामान खरिदमा निःशुल्क होम डेलिभरिको ब्यवस्था गरेको छ । कोरोनाको कारण अर्थतन्त्र ठप्प प्राय भएको अवस्थामा नाफालाई ध्यान नदिइ बजार मूल्य भन्दा सस्तोमा सामान उपलब्ध गराएको खड्काको दाबी छ ।

ग्राहकले सामान खरिद गर्दा इसेवाबाट अनलाइन भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला डेबिट र क्रेडिट कार्ड मार्फत पिओएस मेसिनमा स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन ।

ग्यापु डटकमले बजार मूल्य सय रुपैयाँ भन्दा बढी रहेको ६५ एम एलको सेनिटाइजर दस रुपैयाँमा दिने गरेको छ । सो मुल्यमा एउटा ग्राहकलाई एक वटा मात्र सेनिटाइजर खरिद गर्न सक्नेछन् । यो अफर लकडाउन अवधी भर रहने बताइएको छ ।

लकडाउनको उद्देश्य समाजिक दूरी कायम राख्नु भएको हुँदा सबै घर भित्रै रहन बाध्य भएपछि पसल सम्म पुगेरै अत्यावश्यक समाग्रीको खरिद गर्नु कठीन र जोखिमपूर्ण भएको छ । असुविधा र त्रासबाट बच्न काठमाडौं उपत्यकाबासीको असुविधालाई मध्यनजर गर्दै ग्यापु अनलाइन सपिङले यसै चैत्र २१ देखि सेवा सुरु गरेको खड्का बताउँछन् ।


क्लिकमान्डु