आजदेखि वीर अस्पतालमा कोरोना भाइरसको परीक्षण शुरु



काठमाडौं । सरकारले आजदेखि वीर अस्पतालमा पनि कोरोना भाइरसको परीक्षण शुरु गरेको गरेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आजदेखि वीर अस्पताल र  भोलिदेखि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको परीक्षण शुरु गरिएको हो ।

मन्त्रालयका सचिव डा. विजय देवकोटाका अनुसार यसअघि राष्ट्रिय  जनस्वास्थ्य प्रयोगशालामा मात्रै परीक्षण हुँदै आएकोमा अब उपत्यकामा थप २ ठाँउमा हुन लागेको हो ।


क्लिकमान्डु