किंग्स कलेजले गर्यो अन्तर्राष्ट्रिय ‘भर्चुअल कन्फ्रेन्स’, अनलाइन अध्ययन प्राथमिकता
काठमाडौं । किंग्स कलेजले अन्तर्राष्ट्रिय भर्चुअल कन्फ्रेन्सको आयोजना गरेको छ ।
कोरोना भाइरसको कारण राष्ट्रहरुले बन्दाबन्दी (लकडाउन) को घोषणा गरेसँगै शैक्षिक संस्थाहरुले अनलाइन कक्षा संचालन गरिरहेको परिप्रेक्षमा अनलाइन कक्षा सम्बन्धी अन्तर्राष्ट्रिय जगतको अनुभव, शिकाइ, विश्लेषण, सफल अभ्यास तथा अनुसन्धानमा विचार विमर्श गर्दै नेपालका शैक्षिक संस्थाहरुलाई अझ शसक्त ढंगबाट अनलाइन कक्षा संचालन गर्न सक्षम बनाउने योजनाका साथ उक्त भर्चुअल कन्फ्रेन्सको आयोजना गरिएको बताइएको छ ।
यसका साथै अनलाईन कक्षाबारेको बुझाइलाई थप गरी यससम्बन्धी कठिनाइको समाधानविकास गर्ने यस कन्फ्रेन्सको उद्देश्य रहेको बताइएको छ ।
‘अनलाईन कक्षाको सम्भावना तथा सिमितता, गुणदोष लगायतबारे विश्लेषण गर्दै शिक्षण संस्थाहरुले यसका लागि आफूलाई कसरी तैयारी राख्न सक्छन् भन्ने विषयको अन्वेषण पनि यसको लक्ष्य रहेको थियो’, अन्तर्राष्ट्रिय भर्चुअल कन्फ्रेन्सको संयोजक तथा कलेजका प्राचार्य उद्गम खड्काले बताए ।
अनलाईन शिक्षालाई अंगिकार गर्नुपरेपनि विभिन्न पक्षबाट हेर्दा यो जटिल देखिएकोले अनलाईन शिकाइ सम्बन्धमा संचालित उक्त भर्चुअल कन्फ्रेन्स नेपालको समग्र शिक्षा क्षेत्रको लागि उपयोगी हुने शिक्षाले बताए ।
कोरोना भाइरसको महामारी पूर्व नै नेपालको शिक्षालाई दूर शिक्षा वा अनलाईन शिक्षामा लैजान सरकारी स्तरबाट विभिन्न पहल भइसेकेको बताउँदै उनले अनलाईन कक्षालाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउनु पर्नेमाजोड दिए । ‘कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई अध्ययनगर्न हामीले एउटा समिति गठन गरिसकिएका छाै’,उनले भने, ‘सो समितिले गरेको अध्ययनको निश्कर्षको आधारमाशिक्षा क्षेत्रको भविष्यको दिशा तय गरिनेछ ।’
किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले अहिलेको संकटको घडीमा सरकारी वा नीजि क्षेत्र भनेर बस्नुभन्दा पनि एकअर्कासँग सहकार्य र समन्वय गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
उनका अनुसार शिक्षकहरु आफैमा सामाजिक अगुवा भएकाले आजको अनिश्चिताको समयमा समुदायमा आशा र सकारात्मक विचारको संचारमा उनीहरुको ठूलो भूमिका रहन्छ ।
विभिन्न राष्ट्रका प्राद्यापक तथा शिक्षक, नेपाली उद्यमी, विद्यार्थी, शिक्षक, विद्यालयका नेतृत्वकर्ता तथा शिक्षा क्षेत्रमा चासो राख्ने करिब ८५ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिको सहभागीता रहेको थियो ।