भारतले नेपालसहित १३ वटा देशमा औषधि निर्यात गर्ने



काठमाडौं । भारतले औषधि पठाउनका लागि १३ वटा देशको सूची तयार गरेको छ ।

कोरोना संक्रमित विरामीको उपचारका लागि भारतमा ठूलो परिमाणमा उत्पादन हुने हाइड्राेक्लोरोक्वाइनको माग भएपछि भारतले १३ वटा देशमा उक्त औषधि पठाउने भएको हो ।

भारतले तयार गरेको सूचीमा छिमेकी मुलुक पनि प्राथामिकतामा परेका छन् । पहिलो चरणमा १३ देशको सूची तयार गरे पनि भारतले हाइड्राेक्लोरोक्वाइन र पारासिटामोल २५ वटा देशमा पठाउने छ ।

भारत सरकारले विभिन्न देशमा १४ करोड ट्याब्लेट हाइड्राेक्लोरोक्वाइन निर्यात गर्ने निर्णय गरको । पहिलो सूचीमा पर्ने १३ मुलुकहरुमा अमेरिका, स्पेन, जर्मनी, डोमिनिकन रिपब्लिक, ब्राजिल र बहराइन रहेका छन् ।

त्यसैगरी छिमेकी राष्टहरु नेपाल, भुटान, अफगानिस्तान, माल्दिभ्स र बंगलादेश पनि यो सूचीमा परेका छन । भारतले कुल २५ देशमा १४ करोड ट्याब्लेट औषधि पठाउने निर्णय भएको र ओषधि पाउने देशहरुको पहिलो सूची तयार भएको भारतले जानकारी दिएको छ ।

त्यसै गरी अबका चरणमा दोस्रो र तेस्रो सूची तयार गर्ने तयारीमा भारत सरकार जुटेको समेत बताइएको छ । भारतले केहि हप्ता अघि औषधि निर्यातमा रोक लगाउने निर्णय गरेपनि चौतर्फि दबाब र माग आएपछि निर्यात खोल्ने निर्णय गरेको हो ।


क्लिकमान्डु