कोरोनाका कारण १ लाखले ज्यान गुमाए, १६ लाख बढी संक्रमित



कोरोना भाइरसका कारण हालसम्म विश्वभरमा १ लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।

हालसम्म १६ लाखभन्दा बढीमा संक्रमण भइसकेको छ भने उपचारपछि निको हुनेको संख्या ३ लाखभन्दा बढी छ ।

चीनबाट शुरु भएको कोरोना भाइरस हाल युरोप र अमेरिकासँगै २ सयभन्दा बढी देशमा फेलिएको छ । जसमध्ये सबैभन्दा धेरै युरोपियन देश र अमेरिकामा देखिएको छ ।

अमेरिकामा मात्रै हालसम्म करिव ५ लाख मानिसमा यसको संक्रमण देखिएको छ ।

नेपालमा भने हालसम्म ९ जनामा संक्रमणको पुष्टी भएको छ । जसमध्ये १ जना निको भइसकेका छन् भने बाँकी ८ जनाको अहिले उपचार भइसकेको छ ।


क्लिकमान्डु