ओली र मोदीबीच फोन संवाद



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन संवाद भएको छ ।

शुक्रबार दिउँसो दुई जनाबीच कोरोना भाइरसले पारेको प्रभावका विषयमा कुराकानी भएको हो ।

यसबारेमा जानकारी दिँदै प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन् ।

‘आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग
टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ ।’


क्लिकमान्डु