गरिब देशको भन्दा धनी र विकसित देशमा किन कोरोनाको संक्रमण धेरै ?



यो भाइरसको संक्रमण तथा मृत्युदर विकसित, धनी मुलुकहरुमा साना र गरिब मुलुकहरुको तुलनामा धेरै नै बढी छ,’
किन यस्तो भइरहेको छ त, के कोभिड १९ ले धनी मुलुक मात्र रोज्छ त ? पक्कै पनि होइन । तर यसका कारणहरु निम्न कारण हुनेसक्ने अनुमान गरिएको छ ।

-कि त वास्तविक संक्रमण नै कम छ ।

-कि त संक्रमणको पहिचान नै कम छ ।

-कि त वास्तविक संक्रमण नै कम छ, कसरी हुनसक्छ त ?

यो सजिव जनावरबाट मनिस हुँदै सबैतिर फैलिएको छ । यो अहिले मनिसबाट मानिसमा तीब्र गतिमा फैलिरहेको छ । साना मुलुकको अरु मुलुकहरु संगको सम्बन्ध ब्यापारिक, आर्थिक, पर्यटकीय आवगमन ठुला मुलुकको दाँजोमा कम हुन्छ।

भूमण्डलीकरण प्रक्रियामा यी साना मुलुकको क्रियाकलाप औषत धेर्रै कम हुन्छन्। आतः मानिसहरुको अन्तर्क्रिया स्वतमानिसहरुको अन्तर्क्रिया कम हुन जान्छ ।

यी मुलुकहरुबाट विदेशीएका मानिसहरु आफ्नो देशको जिर्ण स्वास्थ्य सेवाका कारणले यो बेला फर्कन हतोत्साहित हुन्छन् । गैरकानुनी तरिकाले विदेशीएका आउने त झनै कम सम्भावना छ ।

यदि विदेशीएका मानिसहरु आउछन भने तिनीहरु उच्छ व्यक्तित्व वा हुनेखाने परिवारका हुन्छन् । उनीहरुको स्वास्थ्य सेवाको पहुँच सम्भव छ ।

आन्तरिकरूपमा पनि यी मुलुकहरुमा बसोबास तितरबितर हुन्छ जसले प्रसारणको सम्भावना कम गर्दछ । मानिसहरुको प्रतिरक्षा उर्जा अर्थात् रोगप्रतिरोधात्मक क्षमता औषतरुपमा नै बढी हुन्छ । (मेडिकलमा प्रमाण जुट्न नसकेको)

कि त संक्रमणको पहिचान नै कम छ ।

यहाँ रोग लागिसकेको तर पहिचान नभएको कारण बारे साना मुलुको अवस्था यसरी भन्न सकिन्छ । साना मुलुकहरुमा रोग पहिचान गर्ने उपकरण, किड्स र आवस्यक पूर्वाधारहरुको कमी हुन्छ

प्राय मानिसहरुमा लक्षण देखिए पनि पारिवारिक र सामाजिक परिवेशका कारणले चेक जाच गराउन हिच्किचाहट हुन्छ ।

राज्य संयन्त्र ले रोकथाम र निवारणका लागि चल्नु पर्ने जुनसुकै (चाहे कठोर या हल्का) कदम समयमा चल्न सकिरहेको हुँदैन । जस्तोः सरकारको बिरोध हुनसक्ने डरले निर्णयमा ढिलाई गर्ने ।

सरकारसँग पर्याप्त स्रोत तथा साधन को अभाब भएको बेला जनतामा हतोत्साहित हुने डराउने अवस्था नआओस भन्ने हेतुले संक्रमण को यथार्तता लुकाएको अवस्था पनि हुनसक्छ ।

सरकारले लिएका कदमहरु प्रति जनताको परिपालन तथा कार्यान्वयनमा साथ नहुने अर्थात राज्यप्रतिको अनुशासनको पलायन । पूर्ण तथ्यांक संकलननै राम्रोसंग हुन सकेको हुदैन ।

जस्तो जे भएनि यदि नेपाल जस्तो सानो देशमा कोरोना भाइरस फैलियो भने त्यसपछिको अवस्था हामीले सोच्न नसक्ने भयाबह हुन्छ तसर्थ ‘रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै बेश हुने हुँदा रोकथाम उपचारभन्दा राम्रो भन्ने मान्यता हाम्रोजस्तो गरिब मुलुको लागि उत्तम उपाय हुन सक्छ।

‘आफु बाचौ अरुलाई पनि बचाऔं, घरमै बसौं, सामाजिक दुरी कायम राखौ’


पुष्प दुलाल