घरमा बसेर अनलाइनबाटै गर्नुहोस स्वास्थ्य परीक्षण



काठमाडौं । स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि लकडाउनका कारण अस्पताल जान पाउनु भएको छैन भने अब अनलाइबाट स्वास्थ्य परीक्षण हुने भएको छ ।

स्वास्थ्य सेवाग्राही र चिकित्सकहरु बीच अनलाइन प्रविधि द्वारा चिकित्सकीय सेवा प्रवाह गर्नका लागि डक्टरर्स अन कल नेपाल र इएसआर टेक्नोलोजीले मयअलभउब।िअयm अनलाईन तयार पारेका छन् ।

यो अनलाईन एप्लिकेशन कोरोना भाइरससँग जुध्नका लागि नेपालममा जारी लकडाउनको समयमा उत्पन्न हुन सक्ने कुनैपनि चिकित्सकीय समस्याको समाधानका लागि भिडियो मार्फत स्वास्थ्य सेवा दिन सकिने जारी विज्ञप्तिमा उल्लेख ।

उक्त अनलाइन भिडियो प्रबिधि मार्फत तोकिएको समयमा स्वास्थ्य सेवाग्राहीलाई चिकित्सकहरुको परामर्श सेवा, बिरामीहरुलाई आवश्यक पर्ने चिकित्सकीय आवश्यकता र अनलाइन मार्फत नै अत्यावश्यक औषधीहरुको सिफारिस समेत उपलब्ध गराईने उल्लेख ।

अहिलको आपतकालिन अवस्थामा पूर्ण रुपमा निःशुल्क उपलब्ध गराइने छ । त्यसैले सम्पूर्ण सर्वसाधारण नागरिकहरुलाई हामी कोरोना भाइरस संक्रमणका कुनै पनि प्रारम्भिक लक्षणहरुको शंका लागेको अवस्थामा अथवा अत्याधिक ज्वरो आएको, लहरे खोकी लागेको, थकाईको महशुस भएको अथवा श्वासप्रश्वासमा कठिनाई उत्पन्न भएको अवस्थामा चिकित्सकहरुको परामर्श लिन समेत आग्रह गरिएको छ ।

उक्त सेवा प्रवाह गर्नका लागि डक्टरर्स अन कल नेपाल (काठमाडौं उपत्यकामा आधारित घरमै स्वास्थ्य सेवा प्रवाहकर्ता )र इएसआरे प्रबिधि तथा सटवेयर कम्पनी संग सहकार्य गरेको उल्लेख छ । यसको लागि नेपाल चिकित्सक संघ, नेपाल इन्भेष्टमेन्ट बैंक तथा एसिसिए ग्लोबलले आर्थिक सहयोग गरेका छन् । बिरामीहरुको गोपनियता र सरक्षाका निम्ती विशेष ध्यान दिइएको पनि उल्लेख । सेवाग्राहीले ईमेल वा फोन नम्बरको माध्यमबाट यो सेवा प्रयोग गर्नको लागि सिस्टममा आबद्धता हुनु आवश्यक रहेको छ ।

त्यसका लागि एक पटक बिरामीले रजिष्टर गरेमा उनले डाक्टरको नाम र विशेषज्ञता तोकिएको समयावधिमा देख्न सक्नेछ । यसरी आवश्यक प्रक्रियाहरु पुरा गरे पश्चात भिडियो कल सुरू गर्नु अघि बिरामीको बारेमा आधारभूत जानकारी लिइने छ । भिडियो कलमा विरामी र चिकित्सकको कुराकानी पश्चात स्वास्थ्य समस्या र अन्य आवश्यक प्रक्रियाहरुका लागि स्वास्थ्य सेवाग्राहीलाई चिकित्सकबाट कुराकानीमा आधारित प्रिस्क्रिप्शन र आवश्यक सुझाबहरु ईमेल वा म्यासेजमार्फत प्राप्त गर्नेछन ।

यस सेवामा आवद्ध हुन चाहानुहुने चिकित्सकहरुले यस एप्लेिकेशनमा गई साइन अपद्धारा आवद्धता जनाउन सक्नेछन । सेवा प्रदान गर्न कुनै पनि डाक्टरहरूलाई अनुमोदन गर्न अघि उनीहरूको मेडिकल प्रमाणपत्रहरू प्रमाणित गरिनेछ । एकचोटि प्रमाणिकरण पूरा भएपछि डाक्टरहरूलाई यस प्रणालीमा सूचीबद्ध गरिनेछ ।


क्लिकमान्डु