राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरणकुमार श्रेष्ठको कार्यकाल ४ वर्षको लागि थप



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको कार्यकाल ४ वर्षको लागि थप भएको छ ।

बैंकको संचालक समितिको बैठकले श्रेष्ठको कार्यकाल ४ वर्ष थप गर्ने निर्णय गरेको हो ।

श्रेष्ठ ४ वर्ष अगाडि वाणिज्य बैंकमा आएपछि पुराना र खराब अवस्थामा पुगेका ऋणहरु उठाउन केन्द्रीत छन् । जसले पूर्ण सरकारी लगानीको वाणिज्य बैंकको नाफा सबैभन्दा बढी हुन सफल भएको छ ।

श्रेष्ठ ४ वर्ष अगाडि वाणिज्य बैंकको सीइओमा नियुक्त भएका थिए । श्रेष्ठ नेपाल व्यवस्थापन संघको अध्यक्ष छन् भने बीमा समितिमा समेत संचालक रहेका छन् ।


क्लिकमान्डु