२ घन्टा नबित्दै सरकार ब्याक, काठमाडाैं बाहिर जान नपाइने



काठमाडाैं । बिहीबार दिउँसो काठमाडाैं बाहिर जान चाहनेलाई जान पाउने निर्णय गरेको सरकारर २ घण्टा नबित्दै ब्याक भएको छ । प्रदेश सरकारहरूले विरोध गरेसँगै शुक्रबार र शनिबार काठमाडाैं बाहिर जान पाउने  निर्णयबाट सरकारले  निर्णय  फिर्ता लिएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय फिर्ता लिएको थियो । यसअघि बैठकले उक्त निर्णय गरे पनि लकडाउनमा पनि बाहिर जान दिने निर्णय गर्ने हो भने त्यसको अर्थ नहुने भनेपछि सरकार ब्याक भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले तत्कालका लागि बाहिर पठाउन नसकिने बताए ।


क्लिकमान्डु