सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालय मार्फत पीपीई हस्तान्तरण



धनगढी । सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई २५ थान सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको छ ।

अस्पतालका हस्पिटलका सुपपरीटेण्डेट डा. हेमराज पाण्डेलाई सनराइज बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले औपचारिक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण गरे ।

अस्पतालको मेसु पाण्डेले सनराइज बैंकले स्वास्थ्यकर्मीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गर्दै व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई प्रदान गरेकोमा धन्यवाद दिए । बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई प्रदान गरेको बताए ।


क्लिकमान्डु