शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जान पाइने, भित्रन नपाइने



काठमाडौं । सरकारले काठमाडौं उपत्यकाबाट शुक्रबार र शनिबार सर्वसाधारणलाई आफ्नो गृहजिल्ला जान दिने निर्णय गरेको छ ।

कोरोना भाइरसको कारण लकडाउन गरेपछि काठमाडौंमा बसेका सर्वसाधारणहरु पैदलनै आफ्नो घर जाने क्रम बढेपछि दुईदिनको लागि सरकारले उपत्यकामा रहेकाहरु बाहिर आफ्नो जिल्लामा जान चाहेमा जाने व्यवस्था गरेको हो ।

काठमाडौं उपत्यकाबाट बाहिर जान दिने निर्णय भएपनि उपत्यका भित्रन भने सरकारले दिने छैन ।

कुन मोडालिटीबाट काठमाडौं बाहिर जान चाहने सर्वसाधारणलाई जान दिने भन्ने कुरा टुंगो भने लागेको छैन । सुरक्षाकर्मी परिचालन गरेर बाहिर जान दिने सम्भावना रहेको छ ।


क्लिकमान्डु