५५ प्रतिशत अमेरिकी जनता कोरोना नियन्त्रणमा सरकारका कामसँग असन्तुष्ट



काठमाडौं । चीनबाट शुरु भएको कोरोना भाइरसले अहिले विश्वभर आतंक मच्चाइरहेको छ । कोरोनाका कारण प्रति दिन हजारौ जनाताले ज्यान गुमाएका छन । कोरोनाका कारण अत्याधिक क्षति बेहोर्ने देशहरुमध्येको एक हो संयुक्त राज्य अमेरिका ।

विश्वको महाशक्तिको ताज पहिरिएको अमेरिका कोरोना भाइरस नियन्त्रणमा भने फितलो देखिएको छ । जसका कारण अमेरिकाको अर्थतन्त्रका ठुलो असर पर्ने देखिएको छ । ६० लाख भन्दा धेरै अमेरिकीहरुले आफु बेरोजगार भएको सरकारसमक्ष दाबी पेश गरिसकेका छन ।

विश्वभरबाट रोजगारका लागि वर्षेनी लाखौ जनता अमेरिका प्रवेश गर्दै आएका छन । अमेरिका एक सपनाको राष्ट्रका रुपमा चिनिन्थ्यो ।

शक्तिसाली राष्ट्रका रुपमा चिनिएकाले अमेरिकाका राष्ट्रपतिका हरेक बोली र निर्णयले विश्वभर प्रभाव पर्दथ्यो ।

तर अहिले अमेरिकी जनताले आफ्नो देशको संघीय सरकारले कोरोना संक्रमण नियन्त्रण गरेका काम र प्रगतिप्रति असन्तुष्टि जनाउन थालेका छन । अमेरिकाका बहुमत जनताले संघिय सरकारले कोरोना संक्रमण रोक्न फितलो काम गरेको प्रतिक्रिया दिएका छन् ।

देशभर १२ हजारभन्दा धेरैले ज्यान गुमाएपछि एसएसआरएसले सिएनएनमा जनताको प्रतिक्रिया सर्वेक्षणका लागि एक मतदान गरेको थियो ।

उक्त मतदानमा ५५ प्रतिशत अमेरिकी जनाताले संघीय सरकारले कोरोना नियन्त्रणमा संघीय सरकारले गरेको काममा नकरात्मक प्रतिक्रिया दिएका छन् ।

उक्त मतदानमा भाग लिएका कुल मतदातामध्ये ५५ प्रतिशत जनताले कोरोना नियन्त्रणमा राष्ट्रपति ट्रम्पले चालेका कदमलाई असमर्थन गरेका छन भने ४५ प्रतिशत जनताले सन्तुष्टि जनाएका छन् ।

गत मार्चमा गरिएको एक सर्वेक्षणमा ४१ प्रतिशत जनताले समर्थन, ४८ प्रतिशतले असमर्थन गरको थिए भने ११ प्रतिशत जनताले ट्रम्पले चाल्ने कदमबारे दोधारमा परेको प्रतिक्रिया जनाएका थिए ।


पुष्प दुलाल