पुनर्बीमा कम्पनीमा कसले कति कित्ता आवेदन दिएका थिए, कति सेयर पाए सबैको सूचि हेर्नुहोस्



काठमाडौं । पुनर्बीमा कम्पनी साधारण सेयर(आइपीओ) बाँडफाँड गरेको छ । पुनर्बीमा कम्पनीको आइपीओमा आवेदन गरेका ३ लाख ९० हजार ६३८ जना आवेदकले सेयर पाएका छन् ।

कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको आइपीओ निष्कासन गरेको थियो ।

पुनर्बीमा कम्पनीको आइपीओमा ४० कित्ताभन्दा कम आवेदन गरेका सबैले माग अनुसार नै सेयर पाएका छन् । ५० कित्ताभन्दा बढी आइपीओ भर्नेहरुले न्यूनतम ४० कित्ता र ७७ हजार २४५ जनाले थप १० कित्ता गरेर ५० कित्ता सेयर पाएका छन् ।

पुनर्बीमाको आइपीओमा २७ हजार ७४८ जनाले १० कित्ता सेयरको लागि आवेदन दिएका थिए । यस्तै २० कित्ताको लागि १५ हजार ५९० जनाले आवेदन दिएका थिए । ३० कित्ताको लागि १२ हजार ७२३ जनाले आवेदन दिएका थिए ।

४० कित्ताको लागि २० हजार ९२९ जनाको आवेदन परेको थियो । ५० कित्तादेखि १० हजारकित्तासम्म आवेदन दिने ३ लाख १३ हजार ६४८ जनामा ७७ हजार २४५ले गोलाप्रथाद्धारा थप १० कित्ता सहित ५० कित्ता सेयर पाएका छन् ।
कसले कति कित्ता भरेका थिए कति पाए । हेर्नुहोस् यो सूचि


क्लिकमान्डु