हवाई कम्पनीद्वारा पाइलट, इन्जिनियर र कर्मचारीको तलबमा भारी कटौती
काठमाडौं। कोरोना भाइरसको संकटका कारण हवाई क्षेत्रमा असर परेपछि वायु सेवा सञ्चालक संघले पाइलट, इन्जिनियर र कर्मचारीको तलबमा भारी कटौती गरेको छ ।
संघले मंगलबार गरेको निर्णय अनुसार पाइलटको तलब मासिक १ लाख रुपैयाँ र इन्जिनियरको तलब मासिक ७५ हजार कायम गरिएको छ ।
यसअघि पाइलटहरुले मासिक ५ लाखभन्दा बढि तलब लिँदै आएका थिए । भने इन्जिनियरहरुको तलब १ लाख ५० हजारसम्म थियो ।
यद्यपि कम्पनीहरु निर्णय कार्यान्वयन गर्न बाध्यकारी भने हुने छैनन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी असर होटल र हवाई क्षेत्रमा परेको छ । जसले गर्दा संघले यस्तो निर्णय गरेको हो ।