कोरोना भाइरस मानवजातिकै साझा दुष्मन, एकतावद्ध भएर परास्त गरौँः मन्त्री ढकाल



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सम्पूर्ण मानव जातिकालागि दुस्मन भएको बताएका छन् ।

मंगलबार ज्योति ग्रुपले हस्तान्तरण गरेको अटोमेटिक ब्याकप्याक स्पे्रयर बुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

मन्त्री ढकालले विपद्को बेलामा सरकारसँग हामी सँगै छौँ भनेर दिएको सहयोगका लागि धन्यवाद दिँदै सबै मिलेर नै कोरोनालाई परास्तगर्न सकिने बताए । उनले यस्ता सहयोगले कोरोनाको विरुद्धमा फ्रन्टलाइनमा बसेर कामगर्ने सम्पूर्ण चिकित्साकर्मी लगायत सबैको मनोबल अझै बताए ।

स्पे्रयर हस्तन्तरण गर्दै ज्योति ग्रुपका निर्देशक एवं स्याकार ट्रेडिङ्गका अध्यक्ष सौरभ ज्योतिले अहिले थप सहायोगका निम्ती तयार रहेको बताए । सरकारलाई विपद्को समयमा सहयोग गर्नु कम्पनीको कर्तव्य रहेको भन्दै उनले आगामी दिनमापनि अन्य खालका सहायोगका लागि कम्पनी तयार रहेको बताए ।

होण्डा अटोमेटिक ब्याकप्याक स्पे्रयर सार्वजनिक स्थानहरुमा किटनासक औषधि छर्नका निमित्तउ पयोगीहुने छ । ज्योति ग्रुपले १० थान अटोमेटिक ब्याकप्याक स्पे्रयरको ७ लाख रुपैयाँ पर्ने जनाएको छ


क्लिकमान्डु