अन्तर्राष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय



काठमाडाैं । सरकारले अन्तर्राष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको कोरोना राेकथाम तथा नियन्त्रण गर्न गठन भएको उच्चस्तरीय समितीको बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले यसअघि बैशाख ३ गतेसम्म  अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेकोमा त्यो सीमा बढाएर बैशाख १८ गतेसम्म पुर्याएको हो ।

‘अन्तर्राष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ,’ प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।


क्लिकमान्डु