पुनर्बीमा कम्पनीको सेयर भोली बाँडफाँट हुने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बुधबार (भोली) बिहान साढे ७ बजे बाँडफाँट हुने भएको छ ।
आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बद्रीप्रसाद प्याकुरेलका अनुसार बुधबार बिहान साढे ७ आरबीबीको कार्यालय टेकुमा सेयरको बाँडफाँट हुने छ ।
नेपाल पुनर्बीमा कम्पनीको सेयरमा आवेदन दिएका लगानीकर्ताले ४० कित्ता पाउने उनको भनाई छ । कम्पनीको साधारण सेयरमा ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि आवेदन परेको थियो । पुनर्बीमाको सेयरमा ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका छन् ।
कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले १ अर्ब ६० करोड रुपैयाँको १ करोड ६० लाख कित्ता सेयर जारी गरेको थियो । जसमा ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीलाई, ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई र १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री गरिएको थियो ।