कोरोना कोषमा नेपाल लाइफ इन्स्योरेन्सद्वारा १ करोड हस्तान्तरण



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ ।

सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि १ करोडको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले हस्तान्तरण गरेका हुन ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको संघईले बताए । यस सहयोगसँगै सरकार र आमनागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको उनको भनाई छ ।


क्लिकमान्डु