बैंकर्स संघको निर्णयः बैंकमा निक्षेप राख्नेलाई घाटा, ऋण लिनेलाई फाइदा



काठमाडौं । नेपाल बैकर्स संघले निक्षेपमा दिने ब्याजदर घटाउने सहमति गरेको छ ।

बैंकर्स संघको सोमबार बसेको बैठकले मुद्दती र बचतमा दिने ब्याजदर घटाउने निर्णय गरेको हो ।

बैंकर्स संघले गरेको नयाँ निर्णय अनुसार व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा ८.७५ प्रतिशत ब्याजदर हुने छ । यस्तै संस्थागत तर्फ ८.५ र नविकरणमा ८.६ प्रतिशत ब्याजदर हुने छ । यसअघि व्यक्तिगत तर्फ ९.७५ प्रतिशत तथा संस्थागतमा ९.५ र नविकरणमा ९.६ प्रतिशत ब्याजदरसम्म लिन पाउने बैंकहरुबीच भद्र सहमति थियो । संघले बचतमा दिने ब्याजदरलाई पनि ६ प्रतिशतबाट घटाएर ५ प्रतिशत बनाएको ।

बैंकर्स संघको निर्णयले बैंकमा निक्षेप राख्ने बचतकर्ताले भने कम ब्याजदर पाउने छन् । बैंकबाट ऋण लिनेले तिर्ने ब्याज भने कम पर्ने छ ।
बैंकर्स संघको निर्णयसँगै बैशाखदेखि ब्याजदर घट्ने छ । बैंकर्स संघले कोरोनोको कारण ब्याजदर घटाउनको लागि निक्षेपको ब्याजदर घटाउने निर्णय लिएको जनाएको छ । संघले गर्ने भद्र सहमतिलाई कार्टेलिङ गरेको भन्दै आलोचना समेत हुने गरेको छ ।


क्लिकमान्डु