प्रभु हेलिकप्टरद्वारा लकडाउनमा बिरामीको उद्दार



काठमाडौं । चैत ११ बाट लकडाउन सुरु भएसँगै छोटो तथा लामो दुरिको यातायात र हवाईजहाज उडान बन्द छ्न्। यो प्रतिकुल समयमा प्रभु हेलिकप्टरले बिरामीहरुको उद्दार उद्दारमा सक्रिय भएको छ ।

लकडाउनको यो अवधीमा प्रभु हेलिकप्टरको आजसम्म ४ उडान भएका छ्न्। सबै उडान बिरामीको उद्दार गर्न गरिएको प्रभु हेलिकप्टरका डेपुटी जनरल मेनेजर नोबेलकुमार राजलवटले बताए।

उद्दारकालागी सरकरी प्रक्रिया पूरा गरेर उडान गर्नु पर्ने भए पनि सरकारी समन्वय राम्रो भएकोले काम गर्न सजिलो भएको राजलवटको भनाइ छ।

मुटुको बिरामीको उपचारका लागि बिराटनगरबाट काठमाडौ गंगालाल हस्पिटल त्यस्तै पोखरा बाट काठमाडौ ह्याम्स हस्पिटलमा मुटुकै बिरामिको उपचारका लागि उद्दार उडान गरिएको राजलवटले जानकारी दिए।

रामेछापको उमाकण्डा गाउँपालिकामा राहतको लागि खाध्यान्न बोक्दै गर्दा ट्याक्टर दुर्घटना भइ घाइते भएकाको काठमाडौ वीर हस्पिटलको ट्रामा सेन्टरमा उपचारका लागि उद्दार गरिएको थियो। त्यस्तै अर्को उडान म्याग्दिको गुर्जा बाट पोखरा सम्म बिरामिकै उद्दार गरिएको बताइएको छ।


पुष्प दुलाल