लकडाउन बैशाख ३ गतेसम्म लम्ब्याउने सरकारको निर्णय



काठमाडौं । सरकारले लडकाउनको अवधि बैशाख ३ गतेसम्म लम्बाउने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि लम्बाउने निर्णय गरेको हो ।

सरकारले यसअघि चैत ११ गतेदेखि १८ गतेसम्म लकडाउन गरेको थियो । पछि त्यसलाई बढाएर चैत २५ गतेसम्म बढाउने निर्णय गरेको थियो ।

लकडाउन अवधिभर घर बाहिर निस्कन पाइँदैन भने अत्यावश्यक सामग्री खरिदका लागि भने खुला गरिएको छ ।!


क्लिकमान्डु