एनआरएनएले सरकारलाई डेढ करोडको मेडिकल सामग्री दिने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारलाई तत्काल १ करोड ६२ लाख रुपैयाँ मेडिकल सामग्री दिने निर्णय गरेको छ ।
संघको बैठकले संकलन भएको बाँकी आर्थिक तथा भौतिक सामग्री संघले विदेशस्थित कोरोना संक्रमित नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले विदेशमा रहेका कोरोना भाइरस संक्रमितका लागि आवश्यक सहयोग गर्न आफ्ना गतिविधिलाई तीब्रता दिने निर्णयसमेत गरेको छ ।
बैठकले कोरानो पीडितका लागि आर्थिक सहयोग गर्न अनलाइन प्रणालीमार्फत फोन, ट्याब्लेट, कम्प्युटर इत्यादिबाट डेभिड या क्रेडिटकार्ड प्रयोग गर्न आव्हान गरेको छ । बैठकले कोरोना प्रभावित नेपालीका बारेमा जानकारी संकलन गर्न क्षेत्रीय संयोजकहरुलाई निर्देशन दिएको छ ।

बैठकले कोरोना भाइरसबिरुद्ध अभियान चलाउन संघका अध्यक्ष पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिमा विदेशस्थित राजदूतावासका प्रतिनिधि, सम्पूर्ण संघसंस्था रहेको उद्दार समिति गठनको लागि सरकार समक्ष आग्रह गर्ने बैठकले निर्णय गरेको छ । बैठकले उच्चस्तरीय समितिको लागि आवश्यक समिति तथा उपसमिति गठन गर्न अध्यक्ष कुमार पन्तलाई पूर्ण अधिकार प्रदान गरेको छ ।
यस्तै बैठकले संघको कृषि समितिको संयोजकमा नारायण घिमिरे संयोजक (क्यानाडा) र उपसंयोजक कपिल थापा (जापान) लाई चयन गरेको छ ।


क्लिकमान्डु