राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस, को बन्ला गभर्नर ?



काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सरकार समक्ष सिफारिस समितिले तीनवटा नाम सिफारिस गरेको छ । समितिले पूर्व अर्थसचिव राजन खनाल,पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी र अहिलेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेको हो ।

अर्थमन्त्री खतिवडाको संयोजकत्वमा रहेको समितिले मन्त्रीपरिषद्लाई तीनवटा नाम सिफारिस गरेको हो । मन्त्रीपरिषद्को बैठकले तीनवटा नामबाट गभर्नर नियुक्त गर्ने छ ।

तत्कालिन गभर्नर चिरन्जिवी नेपालको पदावधी सकिएपछि चैत ५ देखि राष्ट्र बैंकमा गभर्नर पद खाली छ ।

अधिकारी ५ वर्ष अगाडि पनि गभर्नरको लागि सिफारिसमा परेका थिए । खनाल केही समय अगाडि अर्थसचिवबाट अवकास भएका हुन् ।

शिवाकोटी राष्ट्रै बैंकमा डेपुटी गभर्नर पदमा कार्यरत छन् । राष्ट्र बैंक ऐनमा गभर्नर पदका लागि एकजना डेपुटी गभर्नर सहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु