कोरोना संक्रमण फैलिएपछि जापानमा संकटकाल घोषणा गर्ने तयारी



काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो अबेइले कोरोना संक्रमण नियन्त्रण गर्न देशभर संकटकाल घोषणा गर्ने भएका छन् ।

जापानको योम्युरी पत्रिकाका अनुसार जापानको टोकियोमा मात्र १ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीले सोमबार देशभर लागु हुने गरी संकटकाल घोषणा गर्ने तयारीमा जुटेको उक्त पत्रिकामा उल्लेख छ ।

अमेरिका, युरोपियन मुलुकहरु र चीनमा जस्तो संक्रमण तिब्र गतिमा नभइसकेको भएपनि कोरोना नियन्त्रण गर्न बेलैमा उचित कदम चाल्न जापान सरकारमाथि दबाब बढेको छ । जापानको विशेष गरी राजधानी टोकियोमा संक्रमितहरुको संख्यामा बृद्धि भइरहेको छ ।

टोकियोकि गर्भनर युरिको कोइकिले गत हप्ता मानिसहरुबीच कडा सामाजिक दुरी कायम गराउन संकटकाल लगाउन आफ्नो समर्थन रहने बताएकि थिइन् ।

गत मार्चमा गरिएको कानुन संशोधनले प्रधानमन्त्रीलाई रोगले भयावह अवस्था सिर्जना गरेमा संकटकाल लगाउन सक्ने अधिकार दिएको छ ।

जापानको केन्द्रिय सरकाका प्रवक्ता योसिहाइड सुगाले संकटकाल लगाउने निर्णय हुने भने अझै बाँकि रहेको बताए ।


पुष्प दुलाल