लकडाउनको समय अझै एक साता थप्ने सरकारको तयारी



काठमाडाैं । सरकारले लकडाउनको समय १ साता थप गर्ने तयारी गरेको छ । यसअघि थपिएको लकडाउनको समय सकिँदै गर्दा अझै १ साता लकडाउन थप्ने तयारी गरिएको कोभिड १९ नियन्त्रण उच्च स्तरीय समितिमा रहेका एक मन्त्रीले भने ।

उनका अनुसार बैशाख २ गतेसम्म लकडाउन थप्ने तयारी गरिएको छ । सोमबार २ बजे बस्ने तय भएको मन्त्रिपरिषदको बैठकले लकडाउनको समय बैशाख २ गतेसम्म थप गर्ने तयारी रहेको ती मन्त्रीले जानकारी दिए ।

‘नेपालमा संक्रमितको संख्या बढीरहेको छ र भारतमा पनि लकडाउनको समय बाँकी रहेकाले नेपालमा पनि लकडाउन गर्ने तयारि भएको हो,’ ती मन्त्रीले भने ।

हाल नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । साथै पछिल्लो समयमा स्थानीयमा समेत यसको असर देखिँदा नेपालमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यसले अझ बढी चुनाैती थपेको छ ।

सरकारले यसअघि चैत ११ गतेदेखि १८ गतेसम्म लडडाउन गरेको थियो भने त्यसपछि चैत २५ गतेसम्म लकडाउनको अवधि बढाएको थियो ।

 


क्लिकमान्डु