राष्ट्र बैंकले आज बजारबाट ३१ अर्ब रुपैयाँ उठाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार बैंकिङ प्रणालीबाट ३१ अर्ब १० करोड रुपैयाँ उठाउने भएको छ ।

राष्ट्र बैंकले ३१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल्स जारी गर्ने लागेको छ ।

सरकारले आन्तरिक ऋण उठाउने निर्णय गरेपछि सोही अनुसारको कार्यतालिका अनुसार ट्रेजरी बिल्स जारी गरेको छ । राष्ट्र बैंकले ९१ दिने ट्रेजरी बिल्स १० करोड,१८२ दिने २० अर्ब र ३६४ ट्रेजरी बिल्स ११ अर्ब रुपैयाँ रहेको छ ।

यसको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुने छ । राष्ट्र बैंकले चैत महिनामा मात्र ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ ।


क्लिकमान्डु