लकडाउन अवज्ञा गर्ने स्कटल्याण्डकी चिफ मेडिकल अफिसरद्वारा राजीनामा



काठमाडौं । स्कटल्याण्डकी चिफ मेडिकल अफिसर डाक्टर क्याथेराइन कल्डरवुडले लकडाउनको नियम उल्लंघन गरेपछि पदबाट राजीनामा दिएकी छिन । उनले कोरोना भाइरस लकडाउनका बेला आफ्नो दोस्रो घरमा दुइपटक यात्रा गरेकी थिइन् ।

चिफ मेडिकल अफिसर डाक्टर क्याथेराइन कल्डरवुडले आफुले गरेको गल्तीप्रति क्षमायाचना गरेकी छिन् ।

यसै विषयमा बोल्दै प्रथम मन्त्री निकोला स्टर्जनले भनेकी छन्- डाक्टर कल्डरवुडले गल्ती गरेकी छिन् । तर उनी आफ्नो जागिरमा निरन्तर रहनुपर्छ ।

तर आइतबार एक विज्ञप्ति जारी गर्दै डाक्टर कल्डरवुडले आफुले जागिर छोडनुपर्ने उल्लेख गरेकी छिन् । उनले प्रथम मन्त्रीसँगको कुराकानीपछि उक्त निर्णय लिएको समेत बताएकी छिन् ।

यसअघि नै पहिलोपटक लकडाउन उल्लंघन गरी आफ्नो परिवारसँग एडिनवर्गबाट अर्लफेरी जाने क्रममा खिचिएको उनको फोटो स्कटिश शन मिडियामा प्रकाशित भएको थियो । उक्त फोटो प्रकाशन पश्चात उनलाई नियम उल्लंघन गरेको आरोपमा प्रहरीले चेतावनी दिएको थियो ।

उनी आफैले रेडियो र टेलिभिजनमार्फत सर्वसाधारणलाई कोरोनाबाट ज्यान र एनएचएस जोगाउन घर वस्न अपिल गर्नुका साथै दैनिक टेलिभिजमा मिडिया ब्रिफिङ गर्दै आएकी थिइन् ।

क्षमायाचना माग्दै उनले आफ्नो गल्तीले सामाजिक दुरी कामय गर्ने नियममा कुनै असर पर्न नहुने बताएकी छिन । साथै उनले यसअघि पनि आफ्नो श्रीमानसँग आफ्नो सम्पत्ति हेर्न गएको स्वीकार गरिन् ।

मिडिया ब्रिफिङमा बोल्दै प्रथम मन्त्री स्टर्जनले गल्तीका बाबजुद डाक्टर कल्डरवुड उनको पदमा रहि काम गर्नुपर्ने बताइन । उनको विज्ञता अहिलको महामारीमा आवश्यक भएको समेत स्पष्ट पारिन् ।

उनले डाक्टर कल्डरवुडबारे थप स्पष्ट पार्दै भनेकी छिन्- उहाँ अब कुनै सचेतना कार्यत्रममा सहभागी हुनुहुनेछैन त। विज्ञ भएको नाताले बैज्ञानिक र मेडिकल सल्लाह सरकारलाई दिने क्रम जारी रहनेछ ।


पुष्प दुलाल