चीनमा फेरि कोरोनाका विरामी देखिन थाले, ३९ जना नयाँ विरामी थपिए, एक जनाको मृत्यु



काठमाडौं । कोरोना नियन्त्रणमा अब्बल देखिएको चीनमा फेरि कोरोना नयाँ कोरोना संक्रमित विरामीहरु देखिन थालेका छन् । चीनको वुहानबाट शुरु भएको उक्त भाइरस अहिले संसारभर फैलिएको छ ।

चीनमा कोरोन आतंकपछि रातरात अस्पताल बनाएर कोरोना नियन्त्रणमा पछिल्लो समय उल्लेखनीय प्रगति गरेको कोरोनामा विगत केहि समययता नयाँ सक्रमण देखिएको थिएन । केही आयातित कोरोन संक्रमित बाहेक अन्य मानिसमा कोरोना संक्रमण नदेखिएपछि विस्तारै बजार तथा व्यवसायहरु खुल्न थालेका थिए ।

सोमबारमात्रै चीनमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जुन नितान्त नयाँ केश हुन् । तीमध्ये एक जना विदेश गएर आएको बताइएको छ । सोमबार नै १ जनाको मृत्यु भएको चीनस्थित नेशनल हेल्थ कमिसनले जनाएको छ ।


पुष्प दुलाल