हिमालयन बैंकका सीइओ राणालाई मातृशोक



काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई मातृशोक परेको छ । राणाकी आमा विजया राज्यलक्ष्मी राणाको आइतबार उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

विजया राज्यलक्ष्मी राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालयन शमशेर राणाकी श्रीमती हुन् । उनको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । राणाको दुई छोरा र छोरी र श्रीमान रहेका छन् ।

उनी क्यान्सर रोगबाट पीडित थिइन् ।


क्लिकमान्डु