२०७७ मा बैंक वित्तीय संस्थाका कर्मचारीले कति दिन बिदा पाउनेछन् ? यस्तो छ क्यालेन्डर



काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्षमा बैंकमा हुने बिदा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बैंक बिदा हुने दिनका साथै कार्यालय खुल्ने समयको बारेमा पनि जानकारी गराएको छ ।

राष्ट्र बैंकका अनुसार वैशाख १ गतेदेखि विभिन्न दिनहरुमा बिदा रहेको छ । २०७७ सालको दशैमा फुलपातीदेखी एकादशीसम्म अर्थात कात्तिक ७ गतेदेखि ११ गतेसम्म बिदा हुने छ । यस्तै तिहारमा ३ लक्ष्मी पुजादेखि भाइटिकासम्म अर्थात कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बिदा हुनेछ ।

कर्मचारीहरुले विश्व मजदुर दिवस, अन्य विभिन्न दिवस, चाडपर्व, जात्रा लगाउतमा पनि बिदा पाउने राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु