ट्रम्पले  मोदीलाई भने- कोरोनाका विरामीको उपचार गर्न मलेरियाको औषधि चाहियो



काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाइड्रोसाइक्लोरोक्वाइन ट्याब्लेट अनुरोध गरेका छन । कोरोनाका विरामी उपचारका लागि उक्त ट्याबलेट पठाइदिन अनुरोध गरेको ट्रम्पले ह्वाइट हाउस बैठकमा बताए ।

ह्वाइट हाउसको कोरोना टास्क फोर्सलाई व्रिफ गर्दै ट्रम्पले भने- भारतीय प्रधानमन्त्री मोदीसँग कुरा भएको छ । अमेरिकाले औषधि पठाइदिन गरेको अनुराधलाई गम्भिरताका साथ लिएको समेत उनले प्रष्ट पारेका छन् ।

राष्ट्रपति ट्रम्पले उक्त बैठकमा आफुले पनि उक्त औषधि खाने बताए । उनले म डाक्टरसँग सल्लाह गरेर उक्त औषधि खानेछु ।

अमेरिकाकाले मागेको उक्त औषधि मलेरिया विरुद्धको औषधि हो । भारतको यो औषधि धेरै मात्रमा उत्पादन गर्छ । उनीहरुलाई पनि धेरै चाहिन्छ । यो औषधि स्ट्राटेजिक नेशनल स्टकपाइल फर ट्रिटमेन्ट अन्तर्गत जारी हुने समेत उनले बताए ।

उनले थप्दै भने- उनीहरुले हामीले मागेजति परिमाणमा हाइड्रोसाइक्लोरोक्वाइन औषधि पठाएमा प्रशंसा गर्ने थिए ।

यसै विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टुइट गर्दै भनेका छन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बृहत छलफल भएको छ । हामीले कोरोना विरुद्ध लड्न अमेरिका–भारतबीचको भाइरचारालाई पुर्ण क्षमतामा प्रयोग गर्ने सल्लाह गरेका छौं ।

उनले अमेरिकामा ज्यान गुमाएकाहरु प्रति समबेदना प्रकट गर्नुका साथै विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।


पुष्प दुलाल