सस्तो डिल डट कमले अत्यावश्यक बस्तुको घरमै डेलिभरी सेवा शुरु गर्यो



काठमाडौं । इ कमर्श कम्पनी सस्तो डिल डट कमले लकडाउनको प्रतिकुल अवस्थामा अत्यावश्यक बस्तुको घरैमा डेलिभरी सेवा शुरु गरेको छ।

उपभोक्ताले सस्तोडिल डट कमको वेबसाईटमा गएर आफुलाई आवश्यक सामग्री अर्डर गरेपछि कम्पनिले काठमाडौ उपत्यका भित्र घरैमा डेलिभरी गर्ने कम्पनिका संस्थापक अमुन थापाले बताए। त्यसका लागि न्युनतम एक हजार रुपैयाँको खरिद गर्नु पर्ने हुन्छ।

अनलाइन अर्डर गर्ने उपभोक्ताले अनलाइनबाटै पैसा तिर्न सक्छ्न् । पैसाबाट समेत कोभिड १९ सर्नसक्ने भएकोले नगद भन्दा अनलाइनबाट गरिने भुक्तानीलाई प्रोत्साहन गरि क्युआर कोड स्क्यानबाट भुक्तानी गर्न सकिने थापाको भनाइ छ।

सेल पे बाट भुक्तानी गर्नेले सामान डेलिभरीको समयमा दस थान मास्क निशुल्क प्राप्त गर्नेछन्। कोरोना राहत कोषमा एनएमबि बैंकको कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत र आइएमइ पे मार्फत भुक्तानी गर्दा २ सय ५० रुपैयाँ सहयोग गरिने थापाले जानकारी दिए।

अनलाइन भुक्तानी गर्न असमर्थ ग्राहकको लागि डेलिभरीको बेला नगद तिर्ने सुबिधा समेत रहेको छ।

नेपाल सरकारले विद्युतको महशुलमा छुट दिए सँगै र बजारमा ग्यासको सर्वसुलभता नभएको सन्दर्भमा इन्डक्सन चुलो र राइसकुकरको माग बढेको थापा बताउँछन्।

सस्तोडिलका काममा खटिने कर्मचारीले पिपिइ प्रयोग गरि काम गर्छ्न। स्वास्थ्य साबधानी अपनाउनु पर्ने समय भएकोले कर्मचारीको साथै उपभोक्ताको स्वास्थ्यको मध्यनजर गर्दै काम गरेको बताइएको छ।

ट्राफिक प्रहरीलाई सहयोग

जोखिम समयमा जनताको सेवामा खटिएका ट्राफिक प्रहरीलाई सस्तोडिलले मास्क र सेनिटाइजर सहयोग गरेको छ। एन ९५ मास्क २०० थान, सर्जिकल मास्क ५०० थान र १०० थान सेनिटाइजर ट्राफिक प्रहरी प्रमुख एसएसपि भिम प्रसाद ढकाललाई हस्तान्तरण गरिएको हो।


पुष्प दुलाल