कौडीको भाउमा पुग्यो अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य



कोरोनाका कारण विश्वव्यापी रूपमा तेलको मागमा कमी आएको छ । तेलको उत्पादन बढेको कारण भण्डारण यति बढेको छ कि यसलाई राख्ने ठाउँ समेत छैन।

तेल उत्पादन गर्ने देशहरुको संगठन(ओपेक)को सम्झौता पहिला नै भंग भइसकेको छ । सोमबार भर्चुअल बैठक बस्ने भनेपनि स्थगित हुने सम्भावना छ ।

ओपेक र गैर(ओपेक देशहरू बीच तेल उत्पादनलाई लिएर सम्झौता समाप्त भएको छ । नयाँ सम्झौताका लागि बैठक बस्ने टुंगो लाग्न सकेको छैन । तेल कम्पनीहरु मागमा आएको गिरावटको कारण घाटा अझै बढ्ने बताउँछन् । तिनीहरूको तेल स्टोर पनि केहि हप्तामा भरिनेछ।

गोल्डम्यान स्याक्सका अनुसार विश्वभर १ अर्ब ब्यारेल तेल भण्डार गर्ने क्षमता छ तर यो पुग्न मागको अभावको कारण गाह्रो छ।
ओपोकदेशहरुबीचको बैठक हुने भएपछि १२ अमेरिकी डलरले कच्चा तेलको मूल्य बढ्यो । ३१ मार्चसम्म कच्चा तेलको मूल्य प्रति ब्यारेल २२.३४ अमेरिकी डलर थियो । कुराकानी हुने भएपछि यो ३४.११ अमेरिकी डलरसम्म पुगेको छ । ऐजेन्सी


क्लिकमान्डु