लकडाउन कडा बनाइने, ३ जिल्लामा र्‍यापिड टेष्ट गर्ने सरकारको निर्णय



काठमाडाैं । सरकारले लकडाउनको नियम अझ कडा बनाउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन कार्यान्वयनमा कडा हुने निर्णय भएको अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले एक प्रदेशबाट अर्को प्रदेश,एकजिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा नै प्रवेशमा रोक लगाउने व्यवस्था लागु हुने जानकारी दिए ।

साथै, कोरोनाको संक्रमण देखिएका ३ जिल्ला  कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गर्ने भएको समेत निर्णय गरिएको छ ।

मन्त्री खतिवडाले लकडाउनको समय थप्ने निर्णय भने अहिले नगरिएको र आवश्यक परेमा मन्त्रीपरिषद्ले थप्न सक्ने बताए ।


क्लिकमान्डु