कुमारी बैंकले बिगमार्ट र दराजमा सामान खरिद गर्नेलाई १० प्रतिशत छुट दिने



काठमाडौं । कुमारी बैंकले दराज मार्फत बिगमार्टमा खरिद गर्दा १० प्रतिशत छुट दिने भएको छ ।

दराज मार्फत बिगमार्टमा खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १० प्रतिशत वा अधिकतम ५ सयसम्मको छुट दिने जनाएको छ ।

सो सहमति पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले बिगमार्टबाट दराज अनलाईन शपिङ्ग मार्फत आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम, डिजिटल÷अनलाइन बैंकिंग सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ । यस अनिश्चितताका बीच बैंकले आफ्ना ग्राहकहरुलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरुका लागी डिजिटल बैंकिंग प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ ।


क्लिकमान्डु