भ्रमण वर्ष सचिवालयका अधिकारीको गुनासो, लकडाउनमा कसरी सबै काम सकाएर बिघटन गर्ने ?



C

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको लामो समयपछि गत चैत १८ गते सचिवालय नै बिघटन गर्ने निर्णय गर्यो । पर्यटन सचिव केदारबहादुर अधिकारीले बैशाख १ गतेदेखि बिघटन गर्ने निर्णय भएको जानकारी दिए ।

त्यसलाई स्वागत गर्दै भ्रमण वर्ष सचिवालयका राष्ट्रिय संयोजक सुरज बैद्यले पनि आफ्नो टिम अब नयाँ गन्तव्य, नयाँ लगानी र नयाँ जागिरका लागि जाने उल्लेख गरिसकेका छन् ।

कोरोना भाइरसको विश्वव्यापी रुपमा परेको असरका बारेमा नेपालले मात्रै होइन, मलेसियाले पनि चेत १८ गते नै ‘भिजिट मलेसिया २०२०’ को कार्यक्रमलाई स्थगित गरिसकेको छ ।

यस्तो अवस्थामा भ्रमण वर्ष सचिवालय पनि सञ्चालन गरिरहनुको कुनै अर्थ छैन पनि तर सरकारले भ्रमण वर्ष स्थगित भएको लामो समयपछि १२ दिनको सीमा राखेर बिघटन गर्न निर्देशन दिइसकेको छ ।

तर भ्रमण वर्ष सचिवालयकै केही कर्मचारीहरु भने लकडाउनको समयमा काम सकाएर विघटन गर्न गाह्रो भएको बताएका छन् ।

‘सरकारको निर्णयलाई हामी स्वागत नै गर्छौ, बिघटन गर्नका लागि सबै काम सकाउनु पर्ने हुन्छ, यस्तो अवस्थामा हामीलाई लकडाउनमा काम गर्न गाह्रो छ,’ ती अधिकारीले भने ।

त्यस्तै, अर्का एक जानकार भने भ्रमण वर्षको सचिवालय बिघटन हुँदा राम्रै भएको बताए ।

‘अभियान जसरी अगाडि बढिरहेको थियो, त्यो राम्रो थिएन, सीमित व्यक्तिहरुले मात्रै फाइदा लिएको थिए। अभियानको प्रशासनिक आधार नै तयार नगरी हतारमा अभियान शुरु भएकाले काम भन्दा पनि द्वन्द्वर इखको लडाइ मात्रै भएको थियो,’ उनले भने ।

सरकारले सचिवालयलाई हालसम्म ३५ करोड रुपैयाँ दिएको छ । जसमध्ये २० करोड रुपैयाँ खर्च भइसकेको अनुमान छ । जसलाई लेखा परीक्षण गरी हिसाब बुझाउनु पर्छ । त्यसका लागि थप समय लाग्छ । त्यसैले सम्पूर्ण काम सक्नका लागि योद समय निकै कम भएको उनीहरुको भनाइ छ ।

तै पनि दिनरात गरेर भए पनि समयमै काम सक्ने प्रयास भने जारी रहने उनको भनाइ छ ।

त्यसैले उनले अभियान बर्खास्तीको निर्णय जायज भएको बताए ।

फेरि लकडाउनमा सचिवालय सम्बन्धि सबै काम सकाएर सचिवालय बन्द गर भन्ने निर्णय आफैमा अव्यवहारिक भएको उनको बुझाइ छ ।

‘यस्तो लकडाउनको समयमा हर हिसाब, प्रतिवेदन सम्पन्न गर्न सम्भव नै छैन, प्रदेशका मन्त्रालयमा पूर्ण रुपमा कार्यविधि र संयन्त्र नबनिसकेको अवस्थामा लकडाउनको समयमा सबै काम गर्न सम्भवन हुँदैन,’ उनले भने ।

उनका अनुसार यो समयमा आवश्यक बैटक बोलाउन, बोर्ड मिटिङ गर्न पनि सम्भव हुँदैन ।

‘प्रदेशमा बनेका संरक्षकमा मुख्यमन्त्री, अध्यक्ष मन्त्री र सह अध्यक्ष प्रमुख सचिव छन् । यस्तो कोरोनाको कहरका बेलामा कसरी ती व्यक्तिको समय र ध्यान भ्रमण वर्षको सचिवालयको काम सकाउन लिन सकिन्छ ?’ ती अधिकारीले प्रश्न गरे ।

उनले कोरोनाको संक्रमणको त्राmस रहेको समयमा आउनुहोस भ्रमण वर्ष सचिवालयको बैठक गरेर काम सकाऊ भन्ने अवस्था छैन । त्यसैले यो समयमा सबै काम सकाउन, सचिवालयका कर्मचारी सबैलाई बिदा गर्न, फर्निचार सबै नेपाल पर्यटन बोर्ड फर्काउनका लागि अव्यहावरिक कुरा भएको उनको भनाइ छ ।

सरकारले सचिवालय बिघटन गर्नका केन्द्रको हकमा भ्रमण वर्ष सम्बन्धि बाँकी हर हिसाबको काम नेपाल पर्यटन बोर्डले हेर्नेछ भने बाँकी भएको काम एक जना निर्देशकको नेतृत्वमा डेस्क स्थापना गरी तोक्ने र प्रदेशको हकमा लकडाउनको अवधि सकिएपछि एक महिनाको समय दिएको भए व्यवहारिक हुने उनको भनाइ छ ।


क्लिकमान्डु