शनिबार थप ३ जनामा देखियो कोरोना, कुल संख्या ९ पुग्यो



काठमाडाैं । नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिँदै थप ३ जनामा कोरोनाको संक्रमण देखिएको पुष्टी गरेको हो ।

मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्ष पुरूषमा, उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षे पुरूषमा र कैलालीकै ३४ वर्ष महिलामा कोरोनाको संक्रमण भेटिएको हो ।

कैलालीकी ३४ वर्षे महिला यसअिङ कैलालीमा संक्रमित भेटिएका पुरूषका नातेदार भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 


क्लिकमान्डु