सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत पीपीई हन्तान्तरण



काठमाडौं । सनराइज बैंकले प्रादेशिक कार्यालय मार्फत पीपीई हस्तान्तरण गरेको छ ।

सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण जम्मा ५० थान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ्गलाई सन््राइज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र केसीले हस्तान्तरण गरे ।

यसैगरी बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पीपीइ हस्तान्तरण गरेको छ । त्यसै क्रममा बैंकका प्रादेशिक कार्यालय २ का प्रादेशिक कार्यालय प्रमुख रोहित महासेठले सामाजिक विकास मन्त्री नवल कुशोर साहलाई हस्तान्तरण गरे ।

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीइ उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।


क्लिकमान्डु