कालीमाटीमा खुद्रा व्यापारी र सर्वसाधारणलाई प्रवेश निषेध, आयातित तरकारी बिक्रीमा रोक



काठमाडौं । कालीमाटी फलफुल तथा तरकारी बजारमा सर्वसाधारण र खुद्रा व्यापारी प्रवेशमा रोक लगाइएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणको कारण देखाउँदै कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले शनिबारदेखि सर्वसाधारण र खुद्रा व्यापारी प्रवेश रोक लगाउने भएको हो ।

समितिले शुक्रबार सूचना जारी गर्दै शनिबारदेखि ४ पांग्रे गाडी बाहेक पैदलयात्री र मोटरसाइकललाई प्रहरी प्रशानसको मद्दत लिएर प्रवेश गर्न नदिने जनाएको छ ।

बजारभित्र रहेको खुद्रा र किसान बजार भोलिबाट पूर्णरुपमा बन्द हुने भन्दै समितिले सर्वसाधारण तथा खुद्रा व्यापारीलाई कालीमाटी नआउन भनेको छ ।

समितिको सूचना अनुसार थोक बिक्रीका ल्याइएको बोरा, क्रेट प्याकेजिङलाई नखोली जस्ताको तस्तै मात्र बिक्री वितरण गरिने छ । साथै नेपाल बाहिरवाट आउने फलफूल तथा तरकारीजन्य कृषि उपजको बजार प्रवेशमा रोक लगाइनेछ ।

समितिको निर्णय कार्यान्यवन नगर्ने सरोकारवाला कारबाहीमा गरिने सूचनामा उल्लेख छ ।


क्लिकमान्डु