सानिमा बैंकका ग्राहकले दराज क्येमू अनलाइनबाट सामान खरिद गर्दा विशेष छुट पाउने



काठमाडौं । सानिमा बैंक लिमिटेड र दराज क्येमू प्रा. लि. बीच अनलाइन सामान खरिदमा विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

दराज अनलाइनमा उल्लेख गरिएकोे र बिग मार्टमा उपलब्ध हुने हरेक सामान अनलाइनबाट अर्डर गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम ५ सयसम्म छुट प्राप्त हुने छ ।

यसका साथै १५ सयभन्दा माथिको खरिदमा निःशुल्क होम डेलिभरीको पनि व्यवस्था गरिएको छ ।

यो योजनामा सहभागी हुन सानिमा बैंकका ग्राहकले आउँदो चैत्र २६ गतेसम्म दराज वेव र एप्स मार्फत् बिग मार्टका सामान अनलाइन खरिद गर्नुपर्ने छ ।


क्लिकमान्डु