उद्योगी दिपक मल्होत्राद्वारा प्रहरीलाई ५ हजार थान मास्क हस्तान्तरण



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्रा र कार्यकारी सदस्य नवराज ढकालले प्रहरीलाई ५ हजार थान मास्क हस्तान्तरण गरेका छन् ।

दुवै जनाले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई ५ हजार थान मास्क हस्तान्तरण गरेका हुन् । यस्तै गोदावरी चेम्बर अफ कमर्सले गोदावरी नगरपालिकाको विपत कोषमा १ टन खाद्यन्न सहयोग गरेको छ ।

अहिले यद्योगी दिपक मल्होत्रा आफैले माक्सको उत्पादन सुरु गरेका छन् । नेपालमा पनि कोरोनाको प्रभाव बढन थालेपछि उनले नेपालमा नै मास्कको उत्पादन सुरु गरेका हुन ।


क्लिकमान्डु