कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चयकोषको ५ करोड सहयोग



काठमाडौं । कर्मचारी सञ्चयकोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैयाँ सहयोग गरेको छ ।

कोषले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत विश्वव्यापी रूपमा फैलाएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन तथा त्यसको रोकथामका लागि ५ करोड रुपैयाँ सहयोग गरेको जनाएको छ ।

रामशरण पुडासैनी कोषका नवनियुक्त अध्यक्ष भएपछिको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।


क्लिकमान्डु